अबिरल बर्षाका कारण घर भत्कियो

July 24, 2020   Filed under जिल्ला खबर >>>> Please Subscribe our Youtube Channel

बिन्दु कुमार चौहान,लुम्बिनी ।

प्राकृतिक प्रकोप अबिरल बर्षका कारण रुपन्देहीमा आर्थिक बिपन्न परिवारजनहरु फूसको छानो भएको घर भत्किन थालेको छ ।

एक साता देखि लगातार परेको बर्षाझरीका कारण रुपन्देहीको ग्रामीण क्षेत्रमा गरीबीका रेखामुनि रहेका परिवारहरुको माटोको भित्ता र फूस र खपडाको छानो भएको घरहरु धमाधम भत्किन थालेको हो ।

पानी परिरहेको बेला रुपन्देहीको गैडहवा गाँउपालिका २ ननौली निवासी हनीफ मुसलमान र शैलेश कहाँरको घर पूर्ण रुपमा भत्किएको वडा अध्यक्ष प्रदीप कुमार चौधरीले जानकारी गराएका छन ।

पूर्ण रुपमा घर भत्किए पछि आफू सपरिवार छिमेकी पण्डितबाजेको घरमा बस्न थालेकी कहाँरको गनासो छ ।

यसै गरि गैडहवा गाँउपालिका वडा नं.२ बैरिहवा बस्ने एकल महिला रामरती हरिजन,उर्मिलातेलीको घर आंशिक रुपमा भत्किएको वडा सचिव जगदीश प्रसाद यादवले बताएका छन ।

यो समाचार तयार पार्दा सम्म सरकारी तथा गैह्रसरकारी निकायबाट कुनै प्रकारको राहत सामग्री प्राप्त नहुदा आफूहरु मर्कामा परेको पीडितहरु दुःखेसो समेत पोखेका छन ।