राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान द्वारा बहिरंग तथा अन्तरंग शेवा बन्द

May 19, 2020   Filed under स्वास्थ्य खबर >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, नेपालीको रेडियो ।

बिश्वब्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भइरसबाट प्रदेश नं-५ पनि एकदम जोखिममा रहेको र कोरोना अस्पतालको रुपमा पहिचान रहेको राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठानमा प्रदेश नं ५ का बिभिन्न स्थानबाट कोरोना संक्रमणको बिरामीहरु भर्ना गरि उपचार गर्नु पर्ने भएको कारण जनाउदै स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको मिति २०७७-०२-०६ गरेको निर्देशन पालना गर्दै आज बाट प्रतिष्ठानले प्रदान गर्दै आइरहेको सम्पूर्ण बहिरंग तथा अनतरंग सेवा बन्द गरेको जानकारी प्रतिष्ठानका का.मु रजिष्ट्रार कैलास प्रसाद देव ले जनाएका छन् ।

उपचारको लागी आउने सर्बसाधारणहरुले नजिकको स्वस्थ्य संस्था साथै तुलसीपुर प्रादेशिक अस्पतालमा उपचार शेवा लिन सक्ने जनाएको छ । साथै प्रतिष्ठानले आफू अन्तरगत रहेको सम्पूर्ण स्याटेलाइट अस्पतालहरुले मन्त्रालयमा पेश गरे बमोजिम छुट्याइएका आइसोलेसन बेडहरु र जनशक्ति तयारी अबस्थामा राखी उपचार गर्ने ब्यबस्था मिलाउन समेत सबैमा अनुरोध गरेको छ ।