नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ

May 19, 2020   Filed under स्वास्थ्य खबर >>>> Please Subscribe our Youtube Channel

नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । स्वास्थ्य मन्त्रालाय द्वारा आज गरिएको प्रेश जानकारीमा काठमाडौं उपत्यकामा ५ जना सहित पछिल्लो समयमा नयाँ २७ जना संक्रमित फेला परेको बताईएको छ ।

जसमा १७ देखि ४२ वर्ष उमेर समूहका २४ पुरुष र ३ महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३, ललितपुरमा १ र भक्तपुरमा १ जना संक्रमित भेटिएका छन् । ललितपुरमा पहिलोपटक संक्रमित भेटिएको हो ।

मन्त्रालयका अनुसार झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाहीमा २, मकवानपुरमा १, रामेछापमा १, सिन्धुलीमा १, लमजुङमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ जना संक्रमित फेला परेका छन् ।

कुल संक्रमितमध्ये २ जनाको मृत्यु भएको छ भने ३७ जना निको भइसकेका छन् ।