जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट १९ जना पक्राउ

May 18, 2020   Filed under प्रहरी खबर >>>> Please Subscribe our Youtube Channel

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-५ नारायणटारबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ बर्षीय गोकुल चौलागाईसहित १३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख ३० हजार रुपैयाँ, ८ बुक तास, ६ थान पासा र १६ थान पासाको गोटी सहित पक्राउ गरेको हो ।

बाजुरा, खप्तड छेडेदह गाउँपालिका-५ बस्ने ४९ बर्षीय रामबहादुर रावतको घरमा जुवातास खेलिरहेको अवस्थामा राउत सहित ६ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दोगडीबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा नगद १ लाख २ हजार ३ सय ९० रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।