कटुवा पेस्तोल र गोली सहित पक्राउ

May 18, 2020   Filed under प्रहरी खबर >>>> Please Subscribe our Youtube Channel

शहिदनगर नगरपालिका-३ झण्डा चोकबाट कटुवा पेस्तोल १ थान र सोको गोली ३ राउण्ड सहित कमला नगरपालिका-८ हरिने बस्ने २० वर्षीय सुनिल कुमार साह समेत २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विषेश सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय यदुकुवाबाट खटिएको प्रहरीले निज सुनिलले हाँकेको ज.१२ प ५१६५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पेस्तोल र गोली फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।