मादक पदार्थ सेवन गरी सरकारी कार्यालयमा अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ

May 18, 2020   Filed under प्रहरी खबर >>>> Please Subscribe our Youtube Channel

मादक पदार्थ सेवन गरी सरकारी कार्यालयमा अभद्र व्यवहार गरेको अभियोगमा कुश्मा नगरपालिका-७ गोदाम बस्ने ५२ वर्षीय राजेन्द्र नेपालीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

नेपालीले मादक पदार्थ सेवन गरी सवारी पासको विषयमा जिल्ला प्रशासन कार्यालय पर्वतका कर्मचारी र सुरक्षाकर्मीलाई अपशव्द प्रयोग गरी हातपात समेत गर्ने प्रयास गरेकोले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्वतबाट अभद्र व्यवहार मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।