सुनकोशी गाउँपालिकाले स्वास्थ्यकर्मीलाई तलबको ७०% प्रोत्साहन भत्ता उपलब्ध गराउने

May 18, 2020   Filed under स्वास्थ्य खबर >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई,नेपालीको रेडियो ।
सुनकोशी गाउँपालिकाको २०७७-०२-०५ को कार्य पालिका निर्णय अनुसार कोरोना भाईरस ( #Covid19 ) नियन्त्रणका लागि खटिएका कर्मचारी र सम्पुर्ण स्बास्थ्य चौकिमा कार्यरत स्वास्थ्यकर्मी हरुलाई खाईपाई आएको तलबको ७०% प्रोत्साहन भत्ता उपलब्ध गराउने र कोरोना भाइरस का कारण खटिएका कर्मचारी र स्बास्थ्यकर्मीको मृत्यु भएमा एक मुष्ठ रकम रु ५,००,००० ( पाँच लाख ) र निजका सन्तानलाई उच्च शिक्षा सम्म नि:शुल्क अध्ययनका लागि छात्राबृद्धि उपलब्ध गराउने निर्णय भएको गाउपालिका अध्यक्ष श्रवण कुमार जि सी (बिनोद)) द्वारा हस्ताक्षरित प्रेश बिबरणमा जानकारी गराइएको छ ।

पछिल्लो समय नेपालका प्राय जिल्लाहरुमा कोरोना संक्रमित फैलिने क्रम बढे संगै लुकी छिपी आउनेका कारण बिभिन्न नयाँ ठाउँहरुमा संक्रमित बढ्दै गएका छन् । आफ्नो काममा थप दत्त चित्त भएर काम गर्न र कर्तब्यनिष्ठ सेवा भावले कार्य गर्ने महामारीको अग्र पंक्तिमा रहेर शेवा गर्ने स्वास्थ्यकर्मीको मनोबल बृद्धिका निम्ति आफूहरुले यस्तो निर्णय लिएको गाबिस अध्यक्ष जि.सीले उल्लेख गरेका छन् ।