१ सय ११ जना कै रिपार्ट नेगेटिभ आए पछि बुधवार देखि कपिलवस्तु अस्पताल संचालन हुदै

May 18, 2020   Filed under स्वास्थ्य खबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलबस्तु ।

संक्रमित नर्स संग सर्पर्कमा रहेका कपिलवस्तु अस्पतलका नौे डाक्टर तथा संक्रमितका परिवारका सबै जनाको रिपार्ट नेगेटिभ आए पछि बुधवार देखि नै अस्पताल संंचालनमा ल्याउने तयारी गरिएको छ ।
स्बाव संकलन गरिएका १ सय ११ जनाको रिपार्ट नेगेटिभ आएकाले बन्द रहेको अस्पताल बुधवारबाट संचालन हुने भएको हो । अस्पतालका निमित्त मेसु डाक्टर गणेश क्षेत्रीले नर्ससंग संमर्कममा रहेको सबैको रिपार्ट नेगेटिभ आए पछि अस्पताललाई डिसईन्फेक्ट गरी संचालन गरिने बताए ।

‘सबैको रिपार्ट नेगेटिभ आएकाले आवश्यक सरसफाई र डिस ईन्फेक्ट गरी संभवत: बुधवार देखि नै अस्पतालका सबै सेवा सुचारु गनैछौ ’ उनले भने । नर्स संक्रमित भए पछि अस्पतालमा आकस्मिक र प्रसुती सेवा बाहेक सबै सेवा बन्द छ । कोरोनको संक्रमण फैलन नदिन अस्पतालमा अरु सवाधानी अपनाईने डाक्टर क्षेत्रीले बताए । एक सय ११ मध्ये ८८ जनाको आइतवार र २३ जनाको सोमवार रिपार्ट आएको हो ।