राप्ती स्वास्थ्य प्रतिष्ठानमा आयो ३२ जनाको रिपोर्ट नेगेटिभ

May 18, 2020   Filed under स्वास्थ्य खबर >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, नेपालीको रेडियो ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान का कामु रजिष्ट्रार कैलाश प्रसाद देब द्वारा जरी प्रेश बिज्ञप्ती मा जनाइए अनुसार आज राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणको आसंकामा रक्षा चौर तुल्सीपुर, घोराही उपमहानगरपालिका र सल्यान लगायत स्थानबाट संकलन गरिएको जम्मा ३२ जनाको नमुना प्रतिष्ठानको पिसिआर बिधिबाट परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ रहेको जनाइएको छ ।

हाल सम्म उक्त प्रतिष्ठानमा ५८७ जनाको नमुना संकलन गरिएको छ भने ५८१ जनाको रिपोर्ट सार्बजनिक गरिई सकेको छ । सार्बजनिक गरिएको रिपोर्टमा ५७९ जनाको रिपोर्ट नेगेटिभ आएको थियो भने २ जनाको रिपिर्ट पोजेटिभ आएको थियो । संकलित नमुना मध्ये ६ जनाको रिपोर्ट आउने प्रकृयामा रहेको का मु रजिष्ट्रार कैलाश प्रसाद देब ले जानकारी गराएका छन् ।