कोभिड–१९ बाट सुरक्षित रहन ५०० सरसफाई कर्मीहरुलाई व्यक्तिगत सुरक्षात्मक उपकरण वितरण

April 3, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ संक्रमण बाट बच्न हरकोही लकडाउन पालना गर्दै घर भित्रै त्रासमा बाँचेका छन् । यस्तो महामारीको अबस्थामा पनी अत्याबश्यक कार्य र कर्मचारीको सूचिमा नगरको सरसफाइकर्मीहरु पर्दछन् ।
अन्य समयमा मानिसको आवत जावत सडकमा बढी हुने भएको ले सडक पेटी बढी फोहोर हुन्थे भने हाल कोरोना डरले घरका सबै मानिस घर भित्रै रहने भएको ले फोहोर घर कम्पाउण्डमै सिमित रहेका हुन्छन् तर पनी यस्तो अबस्थामा सरसफाईकर्मीहरु आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर नगरको वातावरणलाई सफा र स्वच्छ राखी सर्वसाधारणको स्वास्थ्यलाई जोगाउन लागिपरेका छन् ।

सरसफाईकर्मीहरुको स्वस्थ्यलाई धन्यानमा राखी काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिको साझेदारीमा गैर सरकारी संस्था गुथिद्वारा वाटर एड नेपालको सहयोग र फोहरमैला व्यवस्थापन संघ नेपालको सहकार्यमा उल्लेखित नगरपालिकामा कार्यरत ५०० सरसफाईकर्मीहरुलाई सुरक्षित पंन्जा, मास्क, सुरक्षा पोशाक लगायतका व्यक्तिगत सुरक्षात्मक उपकरण वितरण गरेको छ । सरसफाईकर्मीहरुले प्रयोग गर्ने व्यक्तिगत सुरक्षात्मक उपकरण चैत्र २१ गतेका दिन नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले आफ्नो नगरपालिकाका सरसफाई कर्मचारीहरुलाई “कोभिड–१९ को महामारीको समयमा उपलब्ध सुरक्षा पोसाक अनिवार्य रुपमा लगाउने सरसफाईमा विशेष ध्यान दिनु पर्ने मा जोड दिनु बएको छ । त्यस्तै काठमाडौं महानगरपालिकाका प्रवक्ता इश्वर मान डंगोलले सरसफाई प्रति नगरपालिका सँधै नै संवेदनशील छ र यसको व्यवस्थापनका लागी दिर्घकालीन योजना बनाइरहेको जनाउदै हाल महामारीको भयाभह अवस्था भएको हुँदा यस समयमा सरसफाईकर्मीको सुरक्षा र नगरबासीहरुको स्वास्थ्यको विषयमा आफूहरु गंम्भिर रहेको बताउदै सरसफाईकर्मीहरुको लागी सुरक्षा सामग्री दिन पाउँदा खुशी लागेको बताउनु भएको छ ।

सहयोगी गैर सरकारी संस्था गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले अहिलेको महामारीको अवस्थामा महानगरपालिका मार्फत सुरक्षा सामग्री उपलब्ध गराउनुको उद्देश्य सरसफाईकर्मीहरुको पेशालाई सुरक्षित गराउनु रहेको र यसले उनीहरुको पेशागत बानी व्यहोरामा परिवर्तन ल्याउनका लागी सचेतनाको काम गर्छ र नगरपालिकाले उक्त संवेदनशील पेशाकर्मीहरुलाई आवश्यक सहयोग र अनुगमन गरी यस कार्यमा बल पुर्याउनेछ भन्ने आफूहरुले आशा लिएको बताएका छन् ।