कामनपा-३२ सेतीओपी क्लबद्वारा आफ्नो अगुवाइ मा राहत बितरण सम्पन्न

April 3, 2020   Filed under हालखबर >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, नेपालीको रेडियो ।

कोरोना को कारण सरकारले गरेको लकडाउनको मारमा प्रत्यक्ष दैनिक ज्यालादारी गरी कमाइ गरी खाने बर्गहरुमा परेको छ । आज ११ दिन सम्म आइपुग्दा दैनिक ज्यालादारी गरी कमाई खानेहरुको साथमा भएको रकम र भान्सामा भएको रासन पनी सकेको गुनासो क्लबमा आएर भन्न थाले पछि र केही ले आफ्नो भान्सा नै देखाए पछि काठमाण्डौ महानगरपालिका-३२, कोटेश्वर सेतीओपी मार्गमा रहेको सेतीओपी क्लबको अगुवाईमा आज अति बिपन्न परिबारलाई राहत बितरण गरेको क्लबले जनाएको छ ।

आज साँझ क्लवका अध्यक्ष रवि रिमालको उपस्थीतीमा राहत वितरण गरीएको हो । दैनिक मजदुरी गरी खाने वर्गहरुका लागी अहीले एकदमै कठीन स्थीती श्रृजना भएको अवस्थालाई मध्यनजर गर्दै क्लवले यो कार्यक्रम आयोजना गरी मजदुरहरुका लागी केही मल्हम लगाउने प्रयास गरेको हो र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाइ क्लवले निरन्तरता दिइ रहने नेपालीको रेडियो संगको कुराकानी मा क्लवका अध्यक्ष रबि रिमालले बताएका छन् ।

आज बितरण गरिएको राहत स्थानिय दाताहरुको सहयोगले प्राप्त भएको र दताहरुले नाम उल्लेख नगर्ने सर्त राखेका ले दाताहरुको नाम खुलाउन क्लबले चाहेन । आज राहत पाउने २४ जना सर्वसाधारणहरु यस प्रकारका थिए ।

१. लक्ष्मी श्रेष्ठ, २. मखल मुस्लीम, ३. मिहारी मुखीया, ४. रामवरण, ५. हेमराज अवस्थी, ६. कल्पना तामा, ७. दुर्गा पौडल, ८. राजन खड्का, ९. रिमी तामाङ, १०. मुनु राइ, ११. श्रीजना बोहरा, १२. कल्पना बोहरा, १३. चादनी गिरी, १४. नम्रता तामाङ, १५ सुनिता लामा, १६. गम्भीर थामी, १७. काली चौधरी, १८. विजय लामा, १९. माइली तामा, २०. निक्की लामा, २१. सावित्रा तामाङ, २२. आरती लामा, २३. लक्ष्मी वली, २४. कृष्ण कटुवाल ।