राहत बितरण स्थानियको रोहबरमा गर्छु – वडा अध्यक्ष प्रेम कुटु

April 2, 2020   Filed under जिल्ला खबर >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, नेपालीको रेडियो ।

कोरोना संक्रमण न्यूनिकरणका लागी सरकारले गरेको लकडाउन का कारण दैनिक ज्यालादारी गरी आम्दानी गर्नेहरुको घरमा छाक टार्न गर्हो परेको र भोक भोकै नपरुन् भनेर मध्यपुर थिमी नगरपालिका ले नगरपालिका अन्तर्गतका वडाहरुमा प्रति वडा ५ लाख उपलब्ध गराएको छ ।

सम्बन्धित वडा कार्यालयहरु मा गएको उक्त रकम लाई मध्यपुर थिमी नगरपालिका वडा-३ ले भने टोल भित्र रहेका दैनिक ज्यालादारी गरी घर भान्सा चलाउने प्रमाणित गर्न स्थानियकै साथ र सहयोग लिन लागेको वडा अध्यक्ष प्रेम कुटुले नेपालीको रेडियोलाई बताएका छन् ।

वडामा रकम प्राप्त भएको जानकारी गराउदै उनले वडाबासी, समाजसेबी, सुरक्षाकर्मी, ब्यापारी बर्ग लगायत सम्पूर्णलाई रकम आएको जानकारी गराउदै आफ्नो अध्यक्षता मा गठित राहत बितरण समितीले कार्य सुरु गर्नु अघि आफ्नो घर छिमेकमा ज्यालादारी गरी जिविको पार्जन गर्ने नागरिकको पहिचान गरि दिई आफ्नो समितीका सदस्यहरुलाई जानकारी गराइदिन समेत आव्ह्वान गरेका छन् ।

कति छन् कहाँ छन्न भन्ने एक्किन यो बिषम परिस्थितीमा वडा संग नहुने भएकोले र आफ्नो वडामा बसेका रहेका कोही पनी बासिन्दा भोको पेट रहन नपरोस् भनेरो यो आब्ह्वान आफूले गरेको नेपालीको रेडियो संग कुरा गर्दै वडा अध्यक्ष कुटुले बताएका छन् ।

स्थानिय सरकारले दिएको ५ लाख पुग अपुग के होला थाहा छैन तर आफ्नो वडा भित्र रहेका सम्पूर्ण नागरिकसमाज, ब्यबसायी, मनकारीहरु लाई यो बिषम परिस्थितीमा आफूले सकेको आर्थिक सहयोग गरेर ज्यालादारी गरि खाने नेपाली लाई भोको रहन बाट बँचाउन आब्ह्वान समेत गरेका छन् । यो महान कार्यमा सहयोग गर्ने सम्पूर्ण नागरिकको रकम प्राप्तीको बिबरण र खर्च बिबरण समिती ले दाताहरुलाई एक एक बुझाउने समेत बताएका छन् ।