प्रधानमन्त्री के.पी शर्मा ओली को देशबाशीका नाममा सम्बोधन

March 20, 2020   Filed under स्वास्थ्य खबर >>>> Please Subscribe our Youtube Channel

Live : www.vlognepal.com

www.vlognepal.com

Posted by Santosh Bhattarai on Friday, 20 March 2020

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय हवाइ सेवा बन्ददेखि सार्वजनिक सवारी साधन बन्दसम्मको घोषणा गरेका छन् । प्रधानमन्त्रीले गरेको सम्बोधनमा उल्लेखित मुख्य बुँदा यस्ता छन् :

– नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाइ उडानहरु आगामी चैत ९ गते देखि १८ गतेसम्मको लागि स्थगित गरिएको छ।

– सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ। यस सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसंग आवश्यक समन्वय गरिने छ।

– देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिएअनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।

– आगामी चैत १० गते देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ।

– मानिसहरुको भडिभाड हुने स्थान सिनेमा घर आदि हाललाई बन्द गरिएको छ।

– विद्यालय तथा विश्वविद्यालयका पठन पाठन तथा परीक्षाहरु हाललाई स्थगित गरिएको छ।

– महामारीको अवस्थालाई हेरी, यहाँहरुकै सहयोगमा थप कदमहरु पनि चाल्न सकिने छ।