सामान्य रोगको उपचार घरमै गर्न नेपाल मिडिकल काउन्सिलको अब्ह्वान

March 20, 2020   Filed under स्वास्थ्य खबर >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, नेपालीको रेडियो ।

बिश्वभर फैलिएको कोरोना भाइरस संक्रमित बढिरहेको अबस्था र मृतकको संख्या पनी बढी रहेको अबस्थामा नेपाल मेडिकल काउन्सिलले आफ्ना मातहतका अस्पतालहरु र चिकित्सक कर्मचारीहरुलाई निर्देशन आब्ह्वान जारी गरेको छ ।

नेपाल मेडिकल काउन्सिलले जारी गरको सूचना मा एक सय शैया भन्दा माथिका अस्पतालहरुले ब्यक्तिगत सुरक्षा उपकरण (पर्सनल प्रोटेक्सन इक्युपमेण्ट )) सहित अलग्गै ज्वरो क्लिनिक ( फिवर क्लिनक) सञ्चालन गर्ने , अत्याबश्यक नभएका शल्यक्रिया तथा उपचार बिधिहरु क्रबिम रुपमा कम गर्दै उपचारका श्रोतहरुलाई प्रकोपका लागि सुरक्षित गर्दै जाने , स्वास्थ्यकर्मीहरुको ब्यक्तिगत सुरक्षाको व्यबस्था मिलाउने , हालका लागी जनरेल हेल्थ चेकअप क्लिनिकगहरु सञ्चालन नगर्ने र अस्पतालमा सके सम्म कम भिड हुने बाताबरण मिलाउने र हरेक अस्पताल ले आफ्नो अस्पतालमा भर्ना भएको बिरामी कुरुवा १ जनामा सिमित राख्ने निर्देशन जारी गरेको छ ।

त्यस्तै काउन्सिलले सर्वसाधरण जनतामा पनी अनुरोध गरकोे छ । काउन्सिलले सर्वसाधरण जनतालाई अत्याबश्यक सेवा लिनु पर्ने अबस्था बाहेकका स्थितमा सकेसम्म अस्पताल नजाने । सामान्य रुघाखोकीमा घरमै बसी उपचार गर्ने, केही समय पछाडी सम्पन् गरे पनि हुने शल्यक्रिया तथा यस्तै प्रकृतिका सेवाहरु स्थिति साम्य भए पछि मात्र गर्ने , नछोएपनी हुने बस्तु नछुने, छोए पछि हात धुने जस्ता कुराहरु अनुरोध गरेको छ ।