कपिलबस्तुमा कोरोनानको संक्रमण यकिनका लागि २ जना युवा क्वारेन्टाइनमा

March 19, 2020   Filed under स्वास्थ्य खबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलवस्तु ।

भारतबाट फर्किएका २ नेपालीलाई कोबिड ज्ञढ कोरोना भारईस संक्रमित भए नभएको यकिन गर्न कपिलवस्तुको तौलिहवामा क्वारेन्टाईमा राखिएको छ ।

दुबै जना भारतमा रोजगारीकालागि गएर फर्कीएका युवा हुन । नेपाल फर्किनेक्रममा कोरानाको शंकास्पद लक्षणहरु देखिए पछि उनीहरुलाई तौलिहवा स्थित महेन्द्र प्राबिमा संचालन गरिएको क्वारेन्टाईनमा राखिएको कपिलवस्तु अस्पतालका मेडिकल सुप्रीटेन्डेन्ड डाक्टर किशोर बन्जाडेले बताए । भारतको उत्तर प्रदेश हरियाना बिहार लगायका कोरनाका संक्रमित फेला परका छन । एक जनामा ज्वरो रुखा खोकी र अर्कालाई सामान्य जवरो र घाटी दुखेको पाईएको उनले बताए ।

दुबै एक जनालाई बिहीवार बिहान र अर्कौैलाई साझ क्वरेन्टाई ल्याईएको थियो । रोजगारीकालागि भारतको मुम्बै रहेको कपिलवस्तु नगरपालिका– २ लम्तियाका २३ बर्षिया बृजभान धोबी २ दिन अघि मर्यादपुर नाका हुदै घर फर्किएका थिए । मर्यापुरमा सोधपुछ र जाचकाक्रममा धोबीमा ज्वरो र खोकी देखिए पछि क्वारेन्टाईनकालागि पठाईएको थियो । उता रोजगारीकालागि हरियानाको पानीपथमा रहेका दाङ राप्ती नगरपालिका– २ का टुकमान सोती कृष्णगनर नाका हुदै आधा दर्जन साथीहरुसंगै फर्किनेक्रममा सामान्य ज्वरो र घाटी दुखेको पाईएको थियो । उनलाईै शिवराज अस्पताल हुदै क्वरेन्टाईनका लागी ल्याईएको हो ।

डाक्टर बन्जाडे, डाक्टर गणशे क्षेत्री सहीतको टोली क्वारेन्टाईन पुगेर दुबै जनाको स्वास्थ्य परिक्षण गरेका थिए । परिक्षणकालागि काठमान्डौ पठाउन दुबैको नमुना रक्त समेत लिईएको थियो । ‘ आत्तिने अवस्था छैन, ज्वरो र खोकी लागेको हो ’ डाक्टर बन्जाडेले भने ‘ काठमाण्डौ पठाईएको नमुना रक्तबाट मात्र संक्रमणको यकिन हुन्छ ’ । अवस्था हेरेर दुबैलाई २ देखि १४ दिन सम्म क्वारेन्टाईन राखिने उनले बताए । थप उपचार चाहिए कपिलस्तु अस्पतालमा रह्ेको आईसुलेशन वार्डमा लगिने उनले बताए । उता क्वारेन्टाईन र बिरामीहरुको निरीक्षणकालागि प्रजिअ दीर्घनारायण पौडेलको अगुवाईमा जिल्ला सुरक्षाकर्मी प्रमुख महेन्द्र प्राबि पुगका थिए । उता बिभिन्न संचार माध्यममा कोरोना भाईसर संबन्धी प्रकाशित सुचनाप्रति कपिलवस्तु अस्पतालले गंभीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालका मेसु बन्जाडेले निकालेको बिज्ञप्तीमा हल्ला र अफवाहमा नलाग्न आग्रह गरेका छन् ।