बिरामी भेट्न आउने पनी बन्द गर्न पर्छ – डा.सुदीप श्रेष्ठ

March 18, 2020   Filed under स्वास्थ्य खबर >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, नेपालीको रेडियो ।

बिश्वब्यापी रुपमा भाइरल आतंक मच्चाइरहेकोे कोरोना भाइरस र यसको रोकथामका लागी नेपाल भित्र रहेका हरेक क्षेत्रले गरेको प्रयास बुझ्ने क्रममा नेपालमै क्यान्सर रोगको उपचार संम्भव छ भन्ने जन चेतना फैलाउने देखि उपचारमा संलग्न नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका अध्यक्ष डा.सुदीप श्रेष्ठले आफ्नो अस्पतालमा कोरोना भाइरसको संक्रमित प्रवेश नहोस् भनेर कार्य शुरु गरेको बताउनु भएको छ । क्यान्सर अस्पतालमा पक्कै पनी बिरामीहरुको जटिल देखी सामान्य सम्मका शल्यक्रिया गरिएको हुने हुँदा र हाम्रो समाजमा बिरामी भेट्न हुल बाँधेर अस्पतालमै पुग्ने बानी भएकोले बिरामीका एक दमै नजीकका एक-दुई बाहेक स्वास्थ्य लाभ गर्न आउने भिजिटरलाई शुभेच्छा दिने शैली परिबर्तन गर्न आग्रह गर्न थालिएको बताएका छन् । डा.सुदीपका अनुसार आउने आगन्तुकलाई स्यानिटाइजर प्रयोग गराउनु सामान्य हो उनीहरुले लगाएको लुगा साथै अन्य माध्यम बाट रोगको संक्रमण बढ्न सक्ने खतरा भएको ले सके सम्म अस्पताल नआएर मोबाइल एसएमएस साथै सोसियल साइटको माध्यम प्रयोग गर्न डाक्टर श्रेष्ठले फेशबुकमै पनी आग्रह गरेका छन् ।

अहिले आउने आगन्तुकको ज्वरो नाप्ने र स्टेजाइटर प्रयोग गर्नु भन्दा सिधा भन्ने हो भने नआउनु नै बेस र उत्तम हुने डा.सुदीप नेपालीको रेडियोलाई बताउछन् । अन्य बिकसित देशमा पनी रोग प्रतिरक्षा क्षमता कम भएका ब्यक्तिहरुको मृत्यु औसत बढि रहेको र आफ्नो अस्पतालले उपचार दिने बिरामीको उपचार क्रममा प्रयोग हुने औषधी अनी माध्यमका कारण रोग प्रतिरक्षा क्षमता अन्य रोगीका भन्दा कम हुने भएको ले शुभेच्छा दिनका निम्ति आउने आगन्तुकलाई बिरामी सम्म नपुग्न अनुरोध गरिएको हो । बरु आफ्नो अस्पताल भित्रै बिरामी संग कुरुवा रहेका ब्यक्तिको मोबाइल-अस्पतालको फोन मार्फत शुभेच्छा दिदा बिरामीको निम्ति राम्रो हुने बताउछन् ।

क्यान्सर रोगको उपचारको क्रममा रेडियोथेरापी, केमोथेरापी लगायत अन्य डोजका औषधी प्रयोगका कारण रोग प्रतिरक्षा क्षमता कम हुनु स्वभाबिक पनी हो । यस्तो अबस्थामा बिरामीको शुभेच्छुकहरुले शुभेच्छाको सट्टा रोग लिएर गएमा झन घातक हुने हुँदा बिश्व महामारीको रुपमा फैलिएको कोरोनाको भय बाट टाढा रहन बिरामी बाहेक अन्य ब्यक्तिले अस्पतालको उपस्थिती कम गर्न सबैमा डा.सुदीप श्रेष्ठ आग्रह पनी गर्दछन् ।