स्वर्गीय केशव भट्टराईको परिवारलाई अमेरिकामा रहेका कलाकारहरुबाट १० लाख सहयोग

March 15, 2020   Filed under पेज३नेपाल >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, नेपालीको रेडियो ।

चलचित्र निर्माता स्वर्गीय केशव भट्टराईको परिबारलाई अमेरिका बस्दै आएका चलचित्र निर्देशक एबं संचारकर्मी सुरेश दर्पण पोखरेलको संयोजकत्वमा सहयोगीमन दाताहरुबाट संकलित रकम एक कार्यक्रमका बिच आज चलचित्र बिकाश बोर्डमा स्वर्गीय भट्टराईकी श्रीमती नीता भट्टराईलाई हस्तान्तरण गरिएको छ ।

बरिष्ठ कलाकार नीर शाहले चलचित्र बिकास बोर्ड पूर्व अध्यक्ष राजकुमार राई , निर्देशकर कलाकार दीपाश्री निरौला, निर्देशक एवं संचारकर्मी रमेश पोखरेल, निर्देशक सूर्य बोहोरा, सञ्चारकर्मी प्रकाश सुबेदी, कलाकार नबराज श्रेष्ठ लगायतको उपस्थितीमा अमेरिका मा संकलन गरिएको १० लाख ७ हजार ९ सय ६० रुपैयाँ स्वर्गीय भट्टराईकी श्रीमतीलाई हस्तान्तरण गरेका हुन् ।

स्वर्गीय चलचित्र निर्माता केशव भट्टराईको परिवारलाई नेपाली चलचित्र क्षेत्र संग अबद्ध बिभिन्न संघ-संस्था र ब्यक्तिहरुले आर्थिक सहयोग प्रदान गर्दै आएका छन् । नेपाली रजतपटमा लामो समय समय र सम्पति खर्चिएका स्वर्गिय भट्टराई पछिल्लो समय आर्थिक संकट संग जुधिरहेको बेलामा उनको अकस्मात निधन भएको थियो । शुभचिन्तक मित्रहरु मिलेर उनको परिबारको बासको ब्यबस्थापनको लागी आर्थिक सहयोग संकलन गर्दै आएका छन् ।

स्वर्गिय भट्टराईको श्रीमती र एक छोरा रहेका छन् ।