कोरोना संक्रमितको उपचारका लागि कपिलवस्तु अस्पतालमा ३ वटा आईसुलेन बेड

March 15, 2020   Filed under स्वास्थ्य खबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य,कपिलबस्तु ।

कोराना भाईरस संक्रमितहरुको उपचारका लागि कपिलवस्तु अस्पतालमा ३ वटा आईसुलेसन बेड निर्माण गरिएको छ ।

सरकारको निर्देशन अनुसार कोरना संक्रमितलाई लक्षित गरी बेड निर्माण गरिएको हो । कोरना भाईस लक्षित बेड निर्माण गरिएको राखिएको अस्पतालका सुपरिटन्डेड किशोर बन्जाडेले बताएका छन् । कोरना भाईरस बिश्वब्यापी रुपमा फैलिएर त्रसति बनाए पछि भारतले नेपालका चार वटा नाका मात्र संचालन गर्न दिने भन्ने समाचार बारिह आए पनि कपिलस्तुमा भने जिल्लाका १० वटै नाकाबाट आवजातजात जारी छ ।

भारतले आईतावार बिहान देखि नै काकरभिटा, कैलाली, बिरगंज र भैरहवाका नाका बाहेक अन्य नाकाहरु संचालना रोक लगाउने कुरा बाहिर आएको थियो । कपिलवस्तुका प्रजिअ दीर्घनारयाण् पौडेलले आफुहरुलाई गृहमन्त्रालयबाट नाका संचालनमा रोक भएको बिषयमा आईतवार साझ सम्म त्यस बारे जानकारी नआएको बताए । जिल्लामा कृष्णनगर र सुठौली ठुला नाका र चाकरचौडा छोटी भन्सार लगायत १० नाकाहरु छन । भारतबाट नेपाल आउने नेपालबाट भारत जानेक्रम भने नरोकिएको प्रजिअ पौडेलले बताए । कोरोना भाईरसको संक्रमण फैलन नदिन जिल्लाका कृष्णनगर सुठौली र चारकचौडा नाकामा बिशेष निगा्रनी राखिएको उनले बताए । ती नाकाहरुमा स्वास्थ्यकर्मी सहीतको हैल्प डेस्क संचालनमा ल्याईएका छन । ती नाकाबाट आउ जाउ गर्ने मानिसहरु मध्ये ज्वरो र रुघाखोकी लागेकाहरुलाई निग्रानी गरिने पौडेलले बताए ।

खुलारुपमा नाकाहरुमा निर्वाध आउजाउले गर्दा कोरोनाको सक्रमण फैलन उच्च जोखिम रहेको स्वास्थयकर्मी बताउछन । भारतको लखनउ, दिल्ली, बिहार लगायतका स्थानम कोराना संक्रमण फैलिए पछि जिल्लाबासी त्रसित बनेका छन ।