१५ दिन मै ३२ किलो चरेस सहीत ७ जना पक्राउ

March 15, 2020   Filed under जिल्ला खबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलवस्तु !

प्रहरीले पछिल्लो एक महिना देखि चरेश नियन्त्रणकालागि चलाएको बिशेष अप्रशनमो १५ दिनमा ३२ किलो चरेश सहीत ७ जना पक्राउ परको छन । परेको प्रहरी नायब उपक्षिक सुनिल मल्लले बताए । यही अभियान अन्र्गत आईतावार साढे १८ किलो चरेससहित प्रहरीले ३ जनालाई शिवराजनगरपालिका ५ रहटकोलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दाङ जिल्ला हसिपुर गाउँपालिका २ का ३१ वर्षीय रमतुलमिया, राप्तीगाउँपालिका १ लम्तिया बस्ने ४१ वर्षीय जितमानमिया र रोल्पा सुन छाहारी गाउँपालिका २ बस्ने ४१ वर्षीय जपीबुढा रहेको रहेका छन । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहर िनाअयब उपरिक्षक मल्लले बताए । गत फागुन १४ गते दुई छुट्टै स्थानबाट साढे १३ किलो चरशे सहीत चार महिला पक्राउ परेका थिए । शिवराज नगरपालिका– बिजोरीकी योजना न्यौपाने, , सुसमा रोका मगर र लमही नगरपालिका– ८ शान्तिनगरकी मीना कुमारी घिर्ती मगर रहेका छन । यस्तै पक्राउ परेका ३ जनाको बयानका आधारमा शिबरानगरपालिका– ५ की स्थानीय कमला पुन पक्राउ परेकी थिईन । तौलिहवाबाट खटिएको बिशेष टोेलीले त्रिहीवार दिउसो प्लाष्टिकको झोला भित्र राखिएको अवस्थामा ६ किलो चरशे बरामद गरेको थियो ।

पहाडी जिल्लाहरु रुकुम रोल्पा बाग्लुङ लगायतममा उत्पादन गरिएको चरेश जिल्लाका बिभिन्न नाका हुदै भारत लग्ने गरिएको छ । चरेशको निकासी बढेको सुराकी पाए पछि प्रहरीले चरेह निकासीको जालो तोडन अभियान संचालन गरेको जनाएको छ । अभियानमा प्रदेश प्रहरीको मुख्यालय दाङ र भारतीय प्रहरीसंग समन्वय गरिएको उनले बताए । खुला सीमा नाकाको फाईदा उठाउदै का कारोवारीहरुले रुकुमा रोल्पा लगातयका जिल्लामा उत्पादन गरिएका चरेश भारतको बिभिन्न स्थानमा भरिया मार्फत ल्गने गरेका छन । ‘ हामीले पनि चरेश निकासी हुने रुट पत्तला लगाउदै अभियान चलाएका हौ ’ । उनले भने कारोवारीहरुले पहाडी जिल्लामा उत्पादन भएका चरेश भटमास, सिमीको दाना लगायतका सामानसंगै लगुकाएर लग्ने गरेका छन । च्उयाउ च्याउको बट्टा, प्लाष्टिको झोलामा प्याक गरी लुकाई छिपाई भरिया माफैत सीमा नाका कटाउने गरिन्छ ।

घटनामा भरियाहरु मात्र पक्राउ पर्ने गरेका छन् । कारोवारीहरु भने प्रहरीको फन्दामा कम मात्र पनेै गर्छन ।