अदालतका पूर्व दोभाषे २ लाख घुस सहीत अख्तियार नियन्त्रणमा

March 12, 2020   Filed under जिल्ला खबर >>>> Please Subscribe our Youtube Channel

किरणमान् बज्राचार्य, कपिलबस्तु ।

कपिलवसतु जिल्ला अदालतका दोभाषे तथा पुर्व शाखा अधिकृत बिश्वनाथ चौधरी २ लाख घुस सहित बिहीवार दिउसो पक्राउ परेका छन । अख्तियारले मुद्धा जिताई दिने भन्दै सेवाग्राहीसंग २ लाख घुस लिदा लिदै चौधरीलाई रंगेहात नियनत्रणमा लिएको हो ।

अख्तियार दूरुपयोग अनसंधान आयोग बुटवलबाट खटिएका टोलीले कपिलवस्तु नगरपालिका– १ गौढी टोलको महामाया प्रेस अघिबाट उनलाई घुस सहीत पक्राउ गरेका थियो । सेवाग्राहीसंग घुस लिए पछि अख्यिाकारको टोलीले नियन्त्रणमा लिन खोज्दा आत्तिएका चौधरीले २ लाख रुपैया माहामाया प्रेसको अफिसको घर्रामा राखेका थिए । अख्तियराका खटिएका टोली श्रोत अुनसार हजारका कुल २ सयवटा नोट सहीत चौधरी अख्तियकारको फन्दामा परेका थिए । घटनाको मुचुल्का उठाएर आवश्यक अनसंधानकालागि अख्तियारले चौधरीmलाई आफुसंगै बुटवल लगेको छ । कपिलवस्तु नगरपालिका– ४ पटखाहवाका चौधरी गत असोज १४ गते सेवानीबृत भएका थिए ।

सो लगत्तै अदालतले उनलई दोभाषेकारुपमका करारमा नियुक्त थियो । अदानलतका श्रेस्तेदार चिन्तामणि शर्मा अनुसार चौधरी हाल दोभाषेकारुपमा कार्यरत थिए । टाईपिस्टबाट सेवा सूरु गरको उनी बडुवा हुदै शाखा अधिकृत भएका थिए ।

लामो सयम अदालतमा कार्यरत चौधरीले बिचौलियको काम गनै गरेको श्रोतले बताएको छ ।