कुवेत सरकारले २ हप्ताको लागी सम्पूर्ण कार्यालय बन्द गरेको छ

March 12, 2020   Filed under स्वास्थ्य खबर >>>> Please Subscribe our Youtube Channel

कोरोना भाइरसका कारण संक्रमण बढ्न नदिन कुवेत सरकारले १२ मार्च देखी २६ मार्च २०२० सम्मका लागी कुवेतका सम्पूर्ण सरकारी कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

कुवेत सरकारको निर्णयलाई कुवेत स्थित नेपाली राजदूताबास ले प्रेश बिज्ञप्ती जारी गर्दै आफ्ना देशका नागरिकहरुलाई जानकारी गराएको छ ।

राजदूताबास ले जारी गरेको बिज्ञप्ति अनुसार कुवेत सरकारले आफ्नो देशको नागरीको सुरक्षाका निम्ति बाहेक अन्य ब्यबसायिक उडानहरु शुक्रबार मार्च -१३ को मध्यरात देखी आर्को सूचना जारी नभए सम्म स्थगन गरेको समेत जनाएको छ । ब्यबसायिक यात्रुबाहक बिमान शेवा बन्द गरेता पनी बिमानस्थलबाट कार्गो शेवा भने कुवेत सरकारले यथाबत राखेको छ ।

सरकारको निर्णय अनुसार कुवेतमा बैंकिंक शेवा पनी बन्द गरिएको छ । महत्वपूर्ण केही काउन्टर बाहेक सबै बैंकिंग काउन्टर शेवा बन्द भए पनी बैंकहरुले अनलाईन शेवा र एटिएम शेवालाई भने निरन्तर दिएका छन् । कुवेत सरकारले देश भित्र रहेका जिम सेन्टर, रेष्टुरा, क्याफेहरुलाई आर्को सूचना जारी नभए सम्मका लागी बन्द गराएको छ ।

नेपाली राजदूताबास कुवेतले जारी गरेको बिज्ञप्तिमा भने अनुसार यदि कसैले भ्रामक समाचार, सूचना सोसियल साइटमा पोष्ट गरेमा सरकारले कडा कारबाही गर्ने चेतावनी पनी दिएको जनाइएको छ ।