कोरोना को डरले बेलायत बाहेक का युरोप देश बाट अमेरिका प्रबेश रोक

March 12, 2020   Filed under स्वास्थ्य खबर >>>> Please Subscribe our Youtube Channel

शुक्रबार बाट बेलायत बाहेक अन्य यूरोपियन देश बाट अमेरिका प्रबेशमा रोक लगाईएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम रोक्न अबको ३० दिन अमेरिका मा बेलायत बाहेकका यूरोपियन देश बाट अमेरिका प्रबेशमा रोक लगाएको बताएका छन् । राष्ट्रको नाममा सम्बोधन गर्दै उनले यो कुरा सार्बजनिक गरेका हुन ।

मार्च महिनामा अमेरिकामा कोरोना भाइरस संक्रमितहरुको संख्या बढे पछि अमेरिकाले यो निर्णय लिएको हो ।

अमेरिकामा कोरोना भाइरसको संक्रमण १ हजार १ सय ३५ मा पुष्टि भइसकेको छ । अहिलेसम्म ३८ जनाको मृत्यु भएको छ ।