खुकुरी प्रहार गरी आफ्नै भाइबुहारीको हत्या गरेको अभियोगमा पक्राउ

February 9, 2020   Filed under प्रहरी खबर >>>> Please Subscribe our Youtube Channel

धारिलो हतियार खुकुरी प्रहार गरी आफ्नै भाइबुहारीको हत्या गरेको अभियोगमा पाथीभरा याङबरक गाउँपालिका-२ खाल्टे थेचम्बु बस्ने ४३ वर्षीय पूर्ण कुमार लिम्बुलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अंशबण्डाको बिषयलाई लिएर बिबाद हुँदा उनले आफ्नै कान्छो भाइकी श्रीमती ३५ वर्षीया कीशुकमाया लिम्बुलाई खुकुरी प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र प्रहरी चौकी थेचम्बुबाट खटिएको प्रहरीले लिम्बुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।