प्रतिबन्धित भारतीय रुपैयाँ सहित पक्राउ

January 30, 2020   Filed under प्रहरी खबर >>>> Please Subscribe our Youtube Channel

वीरगंज महानगरपालिका-८ घण्टाघर स्थितबाट प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरको नोट ६ सय थान गरी १२ लाख भारतीय रुपैयाँ सहित भारत हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम पञ्चायत ढोलकवा बस्ने ३२ वर्षीय सुभाष चन्दलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले रक्सौलबाट आउँदै गरेको बा.६ च.७४४० नम्बरको कार जाँच गर्ने क्रममा कारमा सवार चन्दको साथबाट उक्त प्रतिबन्धित भारतीय रुपैयाँ फेला पारेको हो ।

चन्दलाई थप आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।