अवैध लागूऔषध कोकिन सहित पक्राउ

January 30, 2020   Filed under प्रहरी खबर >>>> Please Subscribe our Youtube Channel

अवैध लागूऔषध कोकिन २ किलो २ सय ग्राम सहित राहदानी नम्बर सिई ५१८५७ बाहक बोलिभियन नागरिक २७ वर्षीय SOLANO CHAVEZ MIGUEL लाई माघ ८ गते प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले लामो समयदेखिको सूचना संकलन, बिश्लेषण एवं निगरानी पश्चात काठमाडौं महानगरपालिका-२९ ज्याठा ठमेलस्थित होटल बुद्धल्याण्ड प्रालिको ४०२ नम्बर कोठा तलासी गर्ने क्रममा उनको साथमा रहेको सुटकेशभित्र फल्सबटम बनाई लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

निज उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।