कपिलवस्तुमा संघीय फोरमको पार्टी सुद्धीकरण अभियान सुरु

January 29, 2020   Filed under जिल्ला खबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलवस्तु ।

कपिलवस्तुमा संघिय समाजबादी फोरम नेपालको पार्टी सद्धीकरण अभियान सूरु भएको छ । सो अभियानको क्रमममा तौलिहवामा मायादेवी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष सहित १ जना कार्यपालिका सदस्य पनि प्रवेश गरेका छन् । वडा नं. २ का वडा अध्यक्ष सरफुद्दिन मुसालमान, मायादेवी गाउँकार्यपालिका सदस्य महेन्द्र धोवी र ४ जना वडा सदस्यहरु प्रवेश गरेको नव प्रवेशी मुसालमानले जानकारी दिएका छन् । समाजवादीले मुसालमानलाई पाटीको जिल्ला उपाध्यक्षको जिम्मेवारी समेत दिएको जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले बताए । पार्टी शुद्धिकरण कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य तथा प्रदेश ५ का ईन्चर्ज दानबहादुर चौधरीले मधेश आन्दोलनले अधिकारसम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र सधान स्रोत सम्पन्न प्रदेश मागे पनि त्यसको कार्यान्वयन अझै नभएको बताए । अहिलेको संघीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न नसकेको उनले बताए ।

संविधान संशोधन नभएसम्म मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम र महिलाले स्वतन्त्रता अनुभूति गर्न नसक्ने उल्लेख गर्दै चौधरीले त्यसको लागि पनुः संघर्षको आवश्यक्ता रहेकाले पार्टी संगठन विस्तार तथा शुद्धिकरणमा जुटेको बताए ।

यता केन्द्रिय सदस्य तथा प्रदेशको संसदीय दलका नेता सहसराम यादवले पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वा्चित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म समाजवादको परिकल्पना गर्न नसकिने बताए । यादवले संघीयता विरोधीहरु विभिन्न बहानामा संघीयता समाप्त पार्न षडयन्त्र गरिरहेको दाबी गरे । यादवले संगठित र अनुशासित बन्दै संघर्षको तयारीमा जुट्न कार्यकर्तालाई अग्रह गरे ।