सडक दुर्घटनामा २ जनाको मृत्यु

January 29, 2020   Filed under जिल्ला खबर >>>> Please Subscribe our Youtube Channel

धनुषामा आज भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार बोलेरो र मोटरसाइकल ठोक्ँिकदा एक महिला र एक पुरुषको मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका—६ गोदार सडकखण्डमा भएको उक्त दुर्घटनामा सोही वडा बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी पत्नी ४० वर्षीया प्रमिलाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकमा सवार साहका नौ वर्षीय छोरा जोन सामान्य घाइते भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।
पूर्वपश्चिम राजमार्ग खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नंको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स१च १८५८ नंको बोलेरो ठोक्ँिकदा तिनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जनाए । दुवैको शव जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । ठक्कर दिने बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।