आँखा अस्पताललाई अत्याधुनिक जाच्ने उपकरण

January 29, 2020   Filed under जिल्ला खबर >>>> Please Subscribe our Youtube Channel

किरणमान बज्राचार्य, कपिलवस्तु !

कपिलवस्तुको तौलिहवा स्थित रण अम्बिका शाखा अस्पताल तौलिहवालाईे आँखा जाच्ने अत्याधुनिक उपकरण प्रदान गरिएको छ । हेल्पीङ हैन्ड फर रिलिफ डेभलभमेनट नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाले स्लिट ल्यामप नामक आँखा जाच्ने २१ लाखकोे उपहरण प्रदान गरेको हो । सामाग्री हस्तान्ण कार्यक्रमको रिबन काटेर उदघाटन गर्दै सांसद तथा नेपाली कांग्रेका केन्द्रिय सदस्य अतहर कमालले आँखा अस्पतको स्तर बढाउदै लानु पर्ने बताए । उनले अस्पताललमा फेको नामक मेशीनका लागि समेत पहल गर्ने बताए । प्रदेश र संघीय सरकारबाट समेत आँखा अस्पताललाई सहयोग उपलब्ध गराउन आफुले पहल गर्ने उनले बताए ।

सो अवसरमा रण अम्बिका अस्पतानलका अधयक्ष सागर प्रताप राणाले आँखा अस्पताललले पाएको सो उपकरणले आँखाका रोगीहरु लाभान्ति हुने बताए । सो अवसरमा रिफिल डिभेलप्वमेन्टका कार्यप्रन्धक जिबा पोखरेलले आफनो संस्थाले काठमान्डौ, झापा र कपिलवस्तुमा शिक्षा, स्वास्थय र बिद्यालयको खानेपानी क्षेत्रमा सहयोग गर्दै आएको बताए ।

रण अम्बिका अस्पतालकी डाक्टर सुशीला पटेलले सो उपकरण आखाका जाँचका लागि निकै प्रभावजकारी भएको बताईन । ‘ यो उपकरणले आँखा, नानी र चश्माको जाच एकै ठाउमा बसेर गर्न मिल्छ ’ उनले भनिन । सो अवसरमा रिलिफ डेभलवमेन्टका कन्ट्री डाईरेक्टर खालिद मोहसिन र नेपाल नेत्र ज्याति संघका जिल्ला सभापति रशेश शर्मा बिच संझौता पत्रमा हस्ताक्षर समेत गरिएको थियो ।