असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई रकम हस्तान्तरण

January 20, 2020   Filed under जिल्ला खबर >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, नेपालीको रेडियो ।
राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङका लेखा प्रमुख साथै सामाजिक सेवा ईकाइ का प्रमुख कैलाश प्रसाद देव ले राप्ती स्वास्थ बिज्ञान प्रतिस्ठान मा आफ्नो पदिय जिम्मेवारी का अतिरिक्त जिम्मेवारी मा रहेको सामाजिक एकाई प्रमुख को अतिरिक्त जिम्मेवारी बापत पाउने पारिश्रमिक मध्ये बाकी रहेको ५ महिना को पारिश्रमिक असहाय अशक्त लाई सहयोग गरेका छन् ।

राप्ती गाउपालीका दाङ देउखुरि सिसहनियामा रहेको निलसागर आश्रममा २७ जना असहाय, अशक्त र बेसहरा बृद्धबृद्धालाई संरक्षण दिईदै आईएको छ ।

उक्त सेवा केन्द्रमा मानसिक समस्या ग्रसित, राती सडक छेउछाउ मै सुतिरहेको बेला उद्धार गरि उक्त संस्था मा ल्याई उपचार पछि स्थिती मा सुधार भएपछि घरपरिवार पत्ता लगाई घरपरिवार सङ भेट गराउने समेत गरेको पाइन्छ । उक्त संस्थामा नेपाल का विभिन्न ठाउँ का साथै भारतका समेत नागरिकहरुलाई शेवा पुर्याउदै आइएको छ ।

सहयोग प्राप्त रकम केन्द्रमा रहेका बृद्ध-बृद्धा को औषधी र पौष्टिकखाना को निम्ति खर्च गरिने केन्द्रले जनाएको छ ।