पुराना गायक निशान भट्टराईको दुर्घटनामा मृत्यु

January 14, 2020   Filed under कला-साहित्य >>>> Please Subscribe our Youtube Channel

फोटो – संगीतकार मिलन मोक्तान ( फेसबुक बाट )

पुराना गायक निशान भट्टराईको गए राती दरबार्ग स्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित कार्य सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परी निधन भएको छ । दरबारमार्गमा रहेको वानथाई रेष्टुरेन्टका सञ्चालक पनी गायक निशान भट्टराई आफै थिए ।

नियमित काम बाट फर्कदा उनले चलाएको कार अनियन्त्रित भइ तिनकुनेमा सडकमा रहेको पोलमा ठक्कर खाएको थियो । दुर्घटनास्थल बाट उनलाई उपचारार्थ बीर अस्पताल लगिएको थियो ।

दुर्घटना पश्च्यात उनलाई उपचारार्थ बीर अस्पतालको ट्रमा सेन्टरमा पुर्याइए पनी उपचारका क्रममा उनको निधन भएको छ । मंगलबार बिहानै संगीतकार मिलन मोक्तानले आफ्नो फेसबुकवाल मा स्रष्टा निशानको उपचारको क्रमको फोटो पोष्ट गर्दै उनको बीर अस्पतालमा चिकित्सकहरुको अथक प्रयास निर्थक भएको भनी उनको मृत्युको खबर पोष्ट गरेका छन् ।