प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा औपचारिक भ्रमणको सिलसिलामा

January 12, 2020   Filed under नेपाली सेना >>>> Please Subscribe our Youtube Channel

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा मित्रराष्ट्र बंगलादेश सेनाका सेना प्रमुख (Chief of Army Staff) General Aziz Ahmed, BSP, BGBM, PBGM, BGBMS, psc, G ) को औपचारिक निमन्त्रणामा ७ सदस्यीय भ्रमण दलसहित नेपाली सेनाको ( M-28 Skytruck ) विमानद्वारा मित्रराष्ट्र बंगलादेशतर्फ प्रस्थान गरेका छन् ।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । उक्त अवसरमा नेपालस्थित बंगलादेशका राजदूत, नेपाली सेनाका रथीहरुको, नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति रहेको थियो । बिमानस्थल प्रस्थान अघि जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले प्रधानसेनापति थापालाई सम्मान गारत अर्पण गरेको थियो।

औपचारिक कार्यक्रम सम्पन्‍न गरी प्रधानसेनापति महारथी थापा माघ ०१ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ ।