सहभागी संख्या धेरै देखेर सिड्नीमा आयोजना गरिएको -याली सिड्नी प्रहरीले रोक्यो

January 7, 2020   Filed under ब्लग / पर्यटन / रिपोर्ट >>>> Please Subscribe our Youtube Channel

नेपाल भ्रमण बर्ष-२०२० को प्रचारत्मक कार्यक्रम को सडक -यालीलाई स्थानिय प्रहरीले रोकेको छ । नेपाल सरकारका संस्कृती पर्यटन मन्त्री योगेश भट्टराई का साथै अष्ट्रेलिया स्थित नेपाली राजदूत को समेत उपस्थिती रहेको प्रचारात्मक कार्यक्रममा उपस्थित संख्या अत्याधिक रहेको देखे पछि प्रहरीले -यालीलाई ओपेरा हाउस तर्फ जान बाट रोक लगाएको हो । सिड्नी को टाउन हलमा मन्त्री, राजदूत, सिड्नी स्थित बिभिन्न संस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिती रहेको उक्त प्रचारात्मक -यालीमा सहभागीहरुको संख्या बढी भएको ले सडकको पेटी बाट अन्य बटुवा समेत हिड्न कठिनाइ भएको थियो ।

कार्यक्रम सुरुवात स्थल टाउनहल क्षेत्रमा प्रचारात्मक सामाग्री बाडेपनी ओपेरा हाउस तर्फ जाने क्रममा प्रहरीले रोके पछि भने प्रचारात्मक सामाग्री समेत बाँड्न रोकिएको थियो । मन्त्रीको कार्यक्रम पहिल्यै तय भइ सकेको जनाउदै र -याली आयोजना गर्न स्वीकृती लिन तोकिएको ब्यक्तिले नै स्वीकृती पाइनसकेको जनाउदा जनाउदै कार्यक्रम आयोजना गरिनु हुदैन थियो प्रहरीले रोक्नु भनेको दुःखद हो ‍, सहभागी मध्येका एक ले नेपालीको रेडियो लाई अष्ट्रेलिया बाट बताएका छन् ।

आगलागी र डँडेलो ले दुःखद अबस्थामा रहेको अष्ट्रेलियामा अहिले प्रचारात्मक कार्यक्रम नै नराखेको भए हुने राखि सके पछि स्वीकृती त लिनु पर्छ नि बिदेसमा उसको देसको कानुन ब्यबस्था त मान्न पर्यो नि । फेरी नाफामूलक कार्यक्रमको लागी -याली सहितको कार्यक्रम अष्ट्रेलियाको सडकमा गर्न खोज्नु नै उसको देशको काननु बिपरित हो । मन्त्री , राजदूत जस्ता ब्यक्ति को उपस्थितीमा आयोजना गरिएको कार्यक्रमनै स्वीकृती बिना र प्रहरीले रोक्नु भनेको देसकै बेइज्जत हामीले ठानेका छौ ।