नेपाल भ्रमण बर्ष-२०२० सफल पार्न आब्ह्वान सहित मन्त्री भट्टराई अष्ट्रेलियामा

January 7, 2020   Filed under ब्लग / पर्यटन / रिपोर्ट >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, नेपालीको रेडियो ।

नेपाल भ्रमण बर्ष-२०२० को प्रचार प्रसारका लागी मन्त्री योगेश भट्टराई अष्ट्रेलियामा

फोटो – परशुराम अधिकारी

सरकारले आब्ह्वान गरेको नेपाल भ्रमण बर्ष-२०२० को अबसरमा नेपालमा भ्रमण गर्नका लागी निम्तो सहित को कार्यक्रममा सहभागी हुन मन्त्री योगेश भट्टराई अष्ट्रेलिया पुगेका छन् । नेपाली समुदायले आयोजना गरेको कार्यक्रममा उनको सहभागीता रहेको थियो । सरकारले नेपाल भ्रमण बर्ष-२०२० लाई सफल बनाउन र नेपालमा २० लाख पर्यटक भित्र्याउने उद्देश्यले नेपाल भ्रमण बर्ष सन्-२०२० को घोषणा गरेको छ । अष्ट्रेलिया स्थित नेपाली राजदूताबास द्वारा आयोजना गरिएको प्रचारात्मक कार्यक्रममा अष्ट्रेलियामा रहेका नेपालीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल-अष्ट्रेलियाका झण्डा सहित नेपालीहरुले नेपाल का पर्यटकिय क्षेत्रका फोटो सहितको फ्लेक्स कार्ड बोकेका थिए । सडकमा हिड्ने बिदेशीहरुलाई पर्यटकिय स्थानहरुको प्रचारात्मक सामाग्री समेत बाँडिएको थियो ।

अष्ट्रेलियाका बिभिन्न स्थानमा आगलागी बाट ठूलो क्षती भएको प्रति समबेदना र सहानुभुती समेत प्रकट गरिएको थियो । प्राकृतिक बिपत् जसैलाई पनी पर्न सक्ने बताउदै -यालीमा उपस्थित अर्जुन शर्माले नेपालीको रेडियो संग कुराकानी गर्दै अष्ट्रेलियाको यो बिपत् को घडीमा हस संम्भब सहयो र साथ दिन नेपाली समुदाय तयार रहेको बताउदै नेपाल सरकारले घोषणा गरेको भ्रमण बर्ष-२०२० पनी सफल पार्न आफूहरु लागी परेको बताएका छन् ।