संञ्चारकर्मी एबमं गायक कपिल कसपालको दोस्रो सांगीतिक संग्रह सार्बजनिक

January 5, 2020   Filed under कला-साहित्य >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, नेपालीको रेडियो ।

नेपाल सरकारले सन्-२०२० साललाई नेपाल भ्रमण बर्षको रुपमा बिभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाउने घोषणा गरी लागी परेको छ । सरकारको उक्त घोषणालाई साकार बनाउन निजि क्षेत्रबाट बिभिन्न तबर बाट साथ दिइदै आएका छन् । स्रष्टा एबमं संञ्चारकर्मी कपिल कसपालले पनी नेपाल भ्रमण बर्ष-२०२० का अबसर पारेर सामाजिक र पर्यटकिय स्थलहरु समाबेस गरी बनाइएको “मेरो प्यारो भक्तपुर” बोलको गीत अनि भिडियो शनिबार भक्तपुरमा एक बिशेष कार्यक्रम सहित सार्बजिनक गरेका छन् ।

गायक कपिलको दोश्रो गीती संग्रह “महशुस” मा समावेश गरिएको गीतहरु मध्येको एक गीत सफल रेडियो कर्मी कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ ले रचेका रचनामा रहेको भक्तपुर विशेष गीतको गायक कपिल कस्पाल नै रहेका छन् । यस पर्यटकी प्रमोशन गर्ने गीतमा मा संगीत भने बीबी अनुरागीले भरेका छन् । भक्तपुरमा आयोजना गरिएको एल्बम लोकार्पण कार्यक्रममा वरिष्ठ गायक प्रेमध्वज प्रधानको प्रमुख आतिथ्यता रहेको थियो । रागरागिनी इन्टरटेन्टमेन्ट प्रा. लि भक्तपुरले आयोजना गरेको सो कार्यक्रममा संस्कृतिविद् तेजेश्वर बाबु ग्वंग, वरिष्ठ संगितकार दिपक जंगम, चागुनारायण नगरपालिका प्रमुख सोम मिश्र लगायत अन्य व्यक्तित्वहरुको समेत आतिथ्यता रहेको थियो ।

भक्तपुरलाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न बनेको यस गीतको भिडियोमा भक्तपुरबाट राष्ट्रियस्तरमा योगदान दिन सफल व्यक्तित्वहरु, विभिन्न जनप्रतिनिधि, कलाकार, साहित्यकार, संस्कृतिविद् तथा राजनीतिक व्यक्तित्वहरुले अभिनय गरेका छन् । सार्बजनिक गरिएको भिडियोमा भक्तपुरका कला संम्पदा देखाइएको छ भने नेपाली भाषीका लागी मात्र नभएर बिदेशीहरुले पनी भिडियोको मनोरञ्जन लिउन भनेर अंग्रेजीमा टेक्सट अनुबाद गरीएको छ । भिडियोमा गायक कलाकार कपिल लाई बाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा योगदान दिएका वरिष्ठ सस्कृतिविद तेजेस्वरबाबु ग्वङ, वरिष्ठ संगीतकार दीपक जंगम, कलाकार हरिबहादुर थापा, गीतकार सुवासचन्द्र ढुंगेल लगायतलाई गीतको भिडियोमा समेटिएको छ।

चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, उपमेयर बिना बास्तोला, मध्यपुरठिमी नगरपालिकाकी उप मेयर अञ्जनादेवी मधिकर्मीसहित जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाल तथा भक्तपुरका कलाकारहरु पनि देख्न सकिनेछ।