भारतीय “शुभ सकंल्प” समूहद्वारा नेपालमा साहित्यिक कार्यक्रम सम्पन्न

January 3, 2020   Filed under कला-साहित्य >>>> Please Subscribe our Youtube Channel

सन्तोष भट्टराई, हालखबर नेपाल ।

भारतीय “शुभ संकल्प” समूहद्वारा काठमाण्डौ स्थित नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा साहित्यिक कार्यक्रमको समापन गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति जगमान गुरुङ्ग को उपस्थितीमा आयोजना गरिएको समापन समारोहमा नेपाल-भारत का बिभिन्न साहित्यिक ब्यक्तित्वहरुलाई सम्मानित गरिएको छ ।

समापन समारोहमा “नेपाल सहित्य समिती” ले भारत ईन्दौरबाट आएका सहित्यकारहरु डा.संगीता भारुका, डा अर्चना श्रीबास्तब, डा बिजया त्रिबेदी, डा अल्पना आर्या लगायतका साहित्यकारहरुलाई सम्मानित गरेको छ । उक्त कार्यक्रममा भारतिय स्रष्टा डा मेघना रोय,डा मनोरम जोसी, सायाम दुबे एबमं सचिब चिन्मय श्रीबास्तब पनी सम्मानित भएका थिए ।

उक्त कार्यक्रममा भारत ईन्दोरबाटै आएका उपेन्द्र श्रीबास्तब, कैलाश दुबे, एबमं अर्थव त्रिबेदी लाई बिभिन्न साहित्यिक एबमं सामाजिक कार्यमा सकृयता रहेकोमा सम्मानित गरिएको थियो ।

सो कार्यक्रममा श्री सनत रेग्मी, श्री बिधान आचार्य, श्री शैलेन्द्र प्रकास नेपाल, श्री चन्द्र प्रसाद भट्टराई, श्री राधेश्याम लेकाली, श्री सन्ध्या पहाडी, श्री हिरण्य कुमारी पाठक, श्री बिश्वाश पोखरेल, श्री बद्री प्रतिक, श्री राम प्रसाद पन्त, श्री खगेन्द्र लुइटेल, श्री गीता कार्की, श्री मधु पोखरेल, डा गाग्री शर्मा लगायतका नेपाली साहित्यकाहरुलाई पनी सम्मानित गरिएको थियो ।

नेपाल-भारतका साहित्यकारहरु को उपस्थिती रहेको उक्त साहित्यिक कार्यक्रममा “नेपाल-भारत साहित्य संग्रह” नामक पुस्तक समेत बिमोचित गरिएको थियो ।

दुई देश बिचको आपसी भाइ चार र मित्रता दिगो र अझै मजबुद बनाउन यस्तो साहित्यिक र सांस्कृतीक कार्यक्रमले टेवा पुर्याउने आयोजकका तर्फबाट संकल्प श्रीबास्तबा ले हालखबर लाई बताएका छन् ।